खेलकुद

एनपीएलमा शतक बनाउने पहिलो खेलाडी बने आन्द्रेस गौस

pic5 Wu3xtnHLGc 1

एनएमबि न्युज डेक्स,काठमाडौं
मंसिर २१ शुक्रबार ।

अमेरिकी क्रिकेटर आन्द्रेस गौस नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् ।

लुम्बिनी लायन्ससँगको खेलमा पोखरा एभेन्जर्सका ओपनर ब्याटर आन्द्रेस गौसले यो उपलब्धि हासिल गरेका हुन् । उनले ५४ बलमा ५ छक्का र १२ चौकाको मद्दतमा शतक बनाए । उनी अहिले पनि क्रिजमा छन् ।

आन्द्रेस गौस एनपीएलमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । उनले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । यसअघि सुदूरपश्चिम रोल्यसका कप्तान दीपेन्द्रसिंह ऐरीले विराटनगर किङ्ग्ससँगको खेलमा २३ बलमा अर्धशतक बनाएका थिए ।

पोखराले लुम्बिनीले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याइरहेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस