शिक्षा

मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न

75a52b18 5a0c 46dc 8eee 1e3744c56c57

अनुज पछाई,काठमाडौं ।
मंसिर २२,सनिवार ।

ललितपुर जिल्लाको गोदावरी नगरपालिका वार्ड नंं. १४ बाँडेगाँउमा रहेको मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर,नेपाल (मामाघर आश्रम) ले सनिवार एक कार्यक्रमको आयोजना गरि सामाजिक लेखापरीक्षण सम्पन्न गरेको छ । अभिभावक विहिन अनाथ तथा आभारभुत आवस्यक्ताबाट बन्चित बालबालिकालाई निःशुल्क रुपमा गास,बास,कपास।स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको मामाघर आश्रमले प्रथम लेखा परीक्षण गरेको हो ।

3f53c4b7 55ee 4514 9eed ce51fb1931c4
यज्ञ शिरोमणी बालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजको संकल्पमा स्थापना भएको उक्त मामाघर आश्रममा आ.ब २०८१–८२ को आम्दानी तर्फ ७९ लाख ९९ हजार १०१ रुपैयाँ र जम्मा खर्चतर्फ १ करोड २१ लाख ८७ हजार ९०२ रुपैयाँ रहेको संस्थापक अध्यक्ष वालयोगेश्वर महारालजे लेखा परीक्षण सार्वजनिक कार्यक्रममा प्रतिवेदन प्रस्तुत गरेका छन् ।

fbc97dd2 137f 4f8c b97d 26f8099255a1
त्यस्तै प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष वालयोगेश्वर महाराजले आश्रमको सहयोगार्थ ललितपुर गोदावरी धार्मिक तथा साँस्कृतिक महामहोत्सबबाट संकलित रकमबाट छुटेयाइएको रकम रु ३० लाख बचत गरिएको पनि जानकारी दिएका छन् । त्यस्तै पौष २७ गते मामाघर आश्रमको सिलन्यास गरि भवन निर्माणको कार्य अगाडी बडाइने पनि उनले जाकारी दिएका छन् ।
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष वालयोगेश्वर महाराजले हाल २५ जिल्लाका ८३ बालबालिकाहरु मामाघर आश्रममा रहेको पनि बताएका छन् ।

 

लेखापरीक्षणमा सहभागी भएका वार्ड अध्यक्ष घिमिरेले गरे आर्थिक सहयोग

ghimiree
सामाजिक लेखापरीक्षणमा प्रमुख अतिथीको रुपमा सहभागी भएका गोदावरी
नगरपालिका वार्ड नंं ३ का वार्ड अध्यक्ष सानुराजा (राज) घिमिरेले आर्थिक सहयोग गरेका छन् । सुरुवाती दिनदेखी आश्रमको विकासको लागी निरन्तर सक्रिय रहेका वार्ड अध्यक्षले आश्रमको सहयोगार्थ नगद रु ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् । यस अघि पनि उनले आर्थिक सहयोग गर्दै आएका छन् ।
त्यस्तै उनले मामाघर अश्रम साच्चिकै देशकै नमूना आश्रम रहेको पनि बताएका छन् ।

कार्यक्रममा स्थानिय जनप्रतिनिधी, विभिन्न सामाजिक संघसस्थाका प्रतिनिभी,सुरक्षा निकायका प्रतिनिधी, स्थानिय बिद्यालयका शिक्षक,स्थानिय लगायतको सहभागीता रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस