समाचार

विवाह पञ्चमी समारोहमा ३४ जोडीले गरे सामूहिक विवाह

samuhik bibah 1733633753

एनएमबि न्युज डेक्स डेक्स,काठमाडौं
मंसिर २३ आइतबार ।

विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ।

विश्व हिन्दु परिषद नेपालको आयोजनामा शनिबार राति मिथिला परम्परा अनुसार उनीहरुको विवाह भएको हो।

परिषदका जनकपुर अध्यक्ष सन्तोष साहका अनुसार नागरिकता वा जन्मदर्तामा २० वर्ष उमेर पुगेका जोडीको विवाह गराइएको हो।

एक जोडीको विहेको व्यवस्थापनमा ७०–८० हजार रुपैयाँ खर्च भएको उनले बताए। हिन्दु परिषदले नै आर्थिक सहयोग संकलन गरी विवाहको सम्पुर्ण खर्च जुटाएको उनले जानकारी दिए।

प्रत्येक जोडीको दुलहीका लागि १६ सेट साडी, एक सेट लेहंगा, दुलहाका लागि एक सेट सर्ट–पाइन्ट र धोती कुर्ता, प्रत्यके जोडीलाई सुनको एउटा मंगलसुत्र, दुईवटा चाँदीको औंठी, भाँडाकुडा सहितको एकसेट भान्छा सेट, सुत्ने सेट, बेहुली पक्षबाट २५–२५ जनाको खाजाखाना समेत व्यवस्थापन गरिएको थियो।

जनकपुरधाम उत्तम विवाह भूमी हो भन्ने संस्कृतिलाई प्रवर्द्धन गर्न परिषदले विगत ६ वर्षदेखि विवाहपञ्चमीको अवसरमा सामूहिक विवाह आयोजना गर्दै आएको छ। अगामी दिनमा जनकपुरलाई नेपाल–भारतसहित विभिन्न देशका हिन्दुहरुको विवाह हब बनाउने प्रयास भइरहेको साहको भनाइ छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस