समाचार

बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु

Bajura scorpio accident

 

एनएमबि न्युज डेक्स,काठमाडौं
मंसिर २३ आइतबार ।

बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युु हुनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेका छन् । पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो ।

 

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस