समाचार

घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर पक्राउ

birtamod mayor

एनएमबि न्युज डेक्स,काठमाडौं
मंसिर २५,मंगलबार ।

बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा शिवाकोटी पक्राउ परेका छन् ।

 

पूर्वमेयरको घरमा काम गर्ने किशोरीले बलात्कार गरेको आरोपमा कांकरभिट्टटास्थित एक संस्थामा जानकारी गराए लगत्तै उनी विरुद्ध जाहेरी परेको हो ।

जबरजस्ती करणी अभियोगमा जाहेरी परेको प्रहरीले जनाएको छ । पूर्वमेयर शिवाकोटीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर राखेको जनाइएको छ ।

उनलाई सोधपुछ भइरहेको प्रहरीले जनाएको । शिवाकोटीले आफ्नै घरमा काम गर्ने किशोरीमाथि पटक पटक करणी गरेको आरोप लगाइएको छ ।

स्थानीय एक विद्यालयमा ११ कक्षामा अध्ययनरत रहेकी उनलाई शिवाकोटीले पटक पटक करणी गरेको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस