समाचार

सुनको मूल्य एकैदिन तोलामा २१ सयले बढ्यो

Gold 516138872681680584642

एनएमबि न्युज डेक्स,काठमाडौं
मंसिर २५, मंगलबार ।

स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार ९हिजो० छापावाल सुन प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस