समाचार

२०२५ को जेसीज राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका कार्कीको उम्मेद्वारी

386750117 23993941900220193 2717593945682900253 n

एनएमबि न्युज डेक्स,काठमाडौं
पुस ४ बिहिबार ।
सिम्रन खड्का

मकवानपुर, ०४ पौष । नेपाल जेसीज बर्ष २०२५को लागि राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले उम्मेद्वारी दिएका छन् ।राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार कार्की पालुङ जेसीजमा २०१२ र २०१३ मा साधारण सदस्य, २०१४ मा खेलकुद संयोजक, २०१५ मा स्वयंसेवक संयोजक, २०१६ मा सदयता बिस्तार संयोजक, २०१७ मा बर्ष कार्यक्रम संयोजक, २०१८ मा सदस्य, २०१९ मा उपाध्यक्ष, २०२० कोषाध्यक्ष, २०२१ मा महासचिव, २०२२ कानुनी सल्लाहकार, २०२३ मा शाखा अध्यक्ष हुँदै २०२५ का लागि राष्ट्रिय उपाध्यक्ष पदको लागि उम्मेद्वारी दिएका हुन् ।स्थापनाको २१ बर्ष पछि पालुङ जेसीजलाई राष्ट्रिय पदाधिकारी प्राप्त गराउनको लागि आफ्नो उम्मेद्वारी रहेको राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार कार्कीले बताए । कार्कीले संस्थाको गरिमालाई उच्च बनाउँदै आफ्नो क्षमताले भ्याएसम्म क्रियाशिल रहने बताए ।
थाहा नगरपालिका वडा नं. ३ मा २०४२ सालमा जन्मेका कार्कीले अंग्रेजी र समाजशास्त्र बिषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । सामाजिक कार्यमा सक्रिय कार्की नेपाल रेडक्रस सोसाईटी दामन उपशाखा कार्यसमिति सदस्य, हिमालयण ईङ्लिस सेकेन्डरी स्कूल थाहा ४ को बिद्यालय संयोजक, न्यु भिजन एकेडेमी थाहा ३ को संस्थापक, जनकल्याण माध्यमिक बिद्यालय थाहा ३ को मानबिकी संकाय संयोजक हुनुहुन्छ ।
नेपाल जेसीजका निर्वाचन आयुक्त बिकास मानन्धरका अनुसार निर्वाचन कार्यक्रम अन्तरगतको उम्मेद्वारीे तालिम, अन्तरवार्ता, ककश पश्चात पौष ५ देखि ८ गतेसम्म बुटवलमा हुने ५१ औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।नेपाल जेसीज बर्ष २०२५को लागि १ अध्यक्ष पदका लागि ५ जनाको उम्मेद्वारी परेकोछ ।त्यस्तै कार्यकारिणी उपाध्यक्ष ४ पदको लागि ९ जनाको र १२ जना उपाध्यक्ष पदका लागि १८ जनाको उम्मेद्वारी परेकोछ ।राष्ट्रिय अध्यक्ष पदका लागि रजनी थापा, बिजय गुरुङ, ससनिल तिम्सिना, रश्मी शिल्पकार, जीवन कार्की, नरेश चन्द्र ओझाका उम्मेद्वारी परेको नेपाल जेसीज बर्ष २०२४का महासचिव सरोज अधिकारीले जानकारी दिए ।त्यस्तै कार्यकारिणी उपाध्यक्ष पदमा गणेश सापकोटा, नवराज उपाध्याय, सौरभ श्रेष्ठ, बहादुर तामाङ, एलिना महर्जन, अमर घिमिरे, कृष्ण सापकोटा, गौरव पौडेल, योगीराज अधिकारीको उम्मेद्वारी परेको छ ।यसैगरी उपाध्यक्ष पदका लागि पालुङ जेसीजका संगम कार्कीसंगै अभिशेक दुलाल, धनराज कडेंल, पुण्यप्रसाद अधिकारी, सन्दिप कार्की, दीपक जंग अधिकारी, मणीप्रसाद अर्याल, सुस्मिता भट्टराई, उज्ज्वल कब्रा, सुजन थापा, राघव कोईराला, सुवास गौतम्, मुकेश भट्टराई पबित्रा पाण्डे, राजकुमार शाह, शिब शंकर जैसवाल, बबिता पाण्डे, प्रमिश जोशीको उम्मेद्वारी रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस