समाचार

सुर्खेतमा निसास्सिएर आमाछोराको मृत्यु, छोरीको उपचार हुँदै

12646973761214191488

 

एनएमबि न्युज डेक्स,काठमाडौं
पुस ४ बिहिबार ।

वीरेन्द्रनगरमा आगोमा निस्सासिएर आमाछोराको मृत्यु भएको छ ।

बुधबार राति वीरेन्द्रनगर–४ भैरवस्थानस्थित समावेशी टोलमा घरभित्र सुतिरहेका ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीया छोरा रियान थापाको मृत्यु भएको हो ।

बुधबार राति चिसोबाट बच्नका लागि बालेको आगोले निस्सासिएर आमा–छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डीएसपी वीरेन्द्रनर वीर विश्वकर्माले बताए । घाइते भएकी ९ वर्षीया छोरी रिया थापाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

घटना बुधबार रातिको भएपनि बिहीबार बिहान साढे ९ बजे मात्र खबर प्राप्त भएको प्रवक्ता विश्वकर्माले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस