समाचार

अवैध ९२ लाख रुपैयाँको अनुसन्धान गर्दा आफ्नै श्रीमती बेच्ने व्यक्तिु खुलेपछि……

Dhamal 1735212398

एनएमबि न्युज,डेक्स,काठमाडौं
पुस–१२, शुक्रबार ।।

काठमाडौं । अवैध ९२ लाख रुपैयाँसहित पक्राउ परेका आरोपितमाथि अनुसन्धान गर्दा एकजना मानव बेचबिखन मुद्दाका अभियुक्त रहेको खुलेको छ ।

पक्राउ परेकामध्ये सिन्धुपाल्चोकका रवि धमला मानव बेचबिखन मुद्दामा जेल पुगेरसमेत भागेको खुलेको हो । आफ्नै श्रीमतीलाई बेचबिखन गरेको कसुरमा उनी चौतारा कारागार बसेको खुलेको हो ।

०७२ सालमै सिन्धुपाल्चोक जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको र २०७२ सालको भूकम्पमा कारागार भत्किँदा उनी भागेको खुलेको हो ।

तर, प्रहरीसँगको बयानमा भने भागेरपछि अदालतमा हाजिर भएको र कसुरमा समेत सफाइ पाएको बताएका छन् । अवैध ९२ लाख रुपैयाँ कारोबारको मुख्य आरोपितसमेत धमला नै रहेको प्रहरीले जनाएको छ ।

रविसहित उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति रसुवाका जीतबहादुर तामाङ, र संखुवासभाका सन्तोष खातीलाई पक्राउ गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ । उनीहरूले अवैध सुन बिक्रीपछि रकम संकलन गरेको आशंका प्रहरीको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस