समाचार

अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधन

jimmi

एनएमबि न्युज डेक्स,काठमाडौं
पुस–१५,सोमबार ।

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर १०० वर्षको उमेरमा निधन भएको छ। मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियामा रहेको आफ्नै घरमा निधन भएको बीबीसीले जनाएको छ।

कार्टरले १९७७ देखि १९८१ सम्म ३९औं राष्ट्रपतिको रूपमा सेवा गरेका थिए । कार्टरलाई अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपतिका रूपमा लिने गरिएको छ। कार्टरको निधनप्रति नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिङ्गो अमेरिका कार्टरप्रति ऋणि रहेको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

राष्ट्रपति कार्टरले नेपालमा पाँच पटक भ्रमण गरेका छन् । जसले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ। उनी १९८५ मा पहिलो पटक नेपाल आएका थिए । जस क्रममा उनले ग्रामीण विकास र स्वास्थ्य सेवाका परियोजनाहरूको निरीक्षण गरे । त्यसपछि उनी २००७ मा दुईपटक नेपाल भ्रमणमा आए । पहिलो भ्रमणमा उनले नेपालका ग्रामीण समुदायसँग भेटघाट गरेका थिए । भने दोस्रो भ्रमणमा नेपालको शान्ति प्रक्रियामा सहयोग पु¥याउन उनको कार्टर सेन्टरको तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस