समाचार

क्यानले माग्यो १७ कर्मचारी

CAAN

एनएमबि न्युज डेक्स,काठमाडौं
पुस–१८,बिहिबार ।

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले रिक्त रहेका विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवाका लागि १७ कर्मचारी माग भएको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरूले एक्काइस दिनभित्र अनलाइनमार्फत दरखास्त फाराम भर्नुपर्ने सूचनामा उल्लेख छ ।

दरखास्त फारामसाथ नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र आफूले प्राप्त गरेको उद्धार तथा अग्नि निवारण सम्बन्धी आधारभूत तालिमका प्रमाणित प्रतिलिपिहरूका साथै विज्ञापनसँग सम्बन्धित पदको दरखास्त दस्तुर बुझाएको नगदी रसिद समेत पेस गर्न आग्रह गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस