समाचार

विद्युतीय शवदाहगृहमा सचिनको आज दाहसंस्कार

sacheen antyesti

एनएमबि न्युज डेक्स,काठमाडौं
पुस–१९ शुक्रबार

हिजो निधन भएका बालकलाकार सचिन परियारको आज अन्त्येष्टि गरिएको छ । पशुपतिमा रहेको विद्युतीय शवदाहगृहमा उनको केहीबेरअघि दाहसंस्कार गरिएको हो ।

 

सचिनलाई दाहसंस्कारका लागि हिजै पशुपति पुर्‍याइएको थियो । तर, आफन्तजनको पर्खाइमा २४ घन्टासम्म शवदाहगृहमा यत्तिकै राखियो । भर्खरै उनको दाहसंस्कार भएको बुझिएको छ । परिवारजन, आफन्तसहित सीमित व्यक्तिहरूको उपस्थितिमा दाहसंस्कार भएको हो ।

सचिनलाई पशुपति ल्याइएपछि बाबु तेजेन्द्र परियारले उनको आँखा दान गर्न खोजेका थिए । आफ्नो छोराको आँखाले अरुले संसार हेरुन् भन्ने उनको चाहना पूरा भने भएन । आँखा दानको प्रक्रियाका लागि आएका स्वास्थ्यकर्मीले सचिनको रिपोर्ट हेरेपछि आँखा दान गर्न नमिल्ने बताएका थिए ।

सचिनको पूरै शरीरमा इन्फेक्सन फैलिएको र आँखा पनि स्वस्थ नरहेको निष्कर्ष पनि सो प्रक्रिया रोकिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस