क्रिकेट

विवाह बन्धनमा बाँधिए क्रिकेटर आसिफ

472359196 1049318533903093 3748140058056685479 n

एनएमबि न्युज डेक्स,काठमाडौं
पुस–२०,सनिवार ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ओपनर आसिफ शेख वैवाहिक बन्धनमा बाँधिएका छन् ।

पर्सा वीरगन्ज निवासी २३ वर्षीय आसिफले आरजु खातुनसँग शुक्रवार मुस्लिम परम्पराअनुसार विवाह गरेका हुन् । आसिफका दाजु आरिफ शेखको बिहीवार विवाह भएको थियो ।

आसिफ ३ वर्ष यता राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् । घरेलु क्रिकेटमा आसिफ विभागीय टोली नेपाल एपिएफ क्लबमा आबद्ध छन् ।

हालै सम्पन्न नेपाल प्रिमियर लिग ९एनपिएल०मा आसिफ जनकपुर बोल्ट्सका मार्की खेलाडी थिए । फाइनलमा आसिफको कप्तानमा रहेको बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस