मुख्य समाचार

बितिन् विश्वकै वृद्ध व्यक्ति

472647607 995767582573516 2899372474070444572 n

एनएमबि न्युज डेक्स,काठमाडौं
पुस–२१,आइतबार

विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जापानकी महिला टोमिको इटोकाको निधन भएको छ। ११६ वर्षको उमेरमा शनिबार उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
जापानको ह्युगो प्रान्तको आशिया सहरको एक नर्सिङ होममा निधन भएको आशियाका मेयरले विज्ञप्ती जारी गरेर जानकारी दिएका छन्।
गत वर्षको सेप्टेम्बरमा उनलाई विश्वकै वृद्ध व्यक्ति भनेर गिनिज वल्र्ड रेकर्डले घोषणा गरेको थियो।

त्यतिबेला संसारकै वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रानयास मोरेराको अगस्ट २०२४ मा ११७ वर्षको उमेरमा निधन भएपछि इटोका सबैभन्दा वृद्ध घोषित भएकी थिइन्। सन् १९०८ मा जन्मिएर २० वर्षको उमेरमा विवाह गरेकी इटोकाको २ छोरा र दुई छोरी थिए। सन् १९७९ मा उनको श्रीमानको निधन भएको थियो।
अहिले उनका एक छोरा, एक छोरी जिवितै रहेको र पाँच जना नातानातिनाहरू रहेको बिबिसीले उल्लेख गरेको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस