समाचार

लमजुङका युवकसँग भोलि लगनगाँठो कस्दै मेलिना राई

473693042 1040806038062754 3732520214757084631 n 1

एनएमबि न्युज डेक्स,काठमाडौं
माघ–३ बिहिबार ।
गायिका मेलिना राईले लगनगाँठो कस्ने भएकी छन् । लमजुङका गुरुङ थरका युवकसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो ।

 

स्रोतका अनुसार उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । हालै उनीहरूको इन्गेजमेन्ट भएको छ ।

उनीहरूले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् ।

भोलि पारिवारिक जमघटका बीच विवाह हुने स्रोतले बतायो ।

केही समयअघि राईले एक गिटारिस्टसँगको इन्गेजमेन्ट तोडेकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस