मुख्य समाचार

उर्जामन्त्री दिपक खड्कामाथि मन्त्रालयमै हातपात

deepak dipak khadka EMXBkprsMA

एनएमबि न्युज डेक्स,काठमाडौं
माघ ४,शुक्रबार ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कामाथि आक्रमणको प्रयास भएको छ। मन्त्री खड्कामाथि केहि दिनअघि सिंहदरबार स्थित उर्जा मन्त्रालयमै आक्रमणको प्रयास भएको हो।​

बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा खड्काले आफुमाथि मन्त्रालयमै आक्रमणको प्रयास भएको बताएका थिए।

केही दिन अगाडि मन्त्रालयबाट बाहिरिने क्रममा आफूमाथि आक्रमणको प्रयास भएको भन्दै मन्त्री खड्काले गृहमन्त्रीको ध्यानाकर्षण गराए। खड्काले जानकारी गराएपछि गृहमन्त्री रमेश लेखकले आफूलाई किन जानकारी नदिएको भन्दै प्रतिप्रश्न गरे।

मन्त्री खड्काले आफूले घटनालाई सामान्य रुपमा लिँदै हातपातको प्रयास गर्ने व्यक्तिलाई छाड्न पनि भनिसकेको बताएका थिए।

ती व्यक्ति छुटेको जानकारी समेत दिएका खड्काले आक्रमण प्रयास गर्ने व्यक्तिको पहिचान भने नखुलाएको बैठकमा सहभागी एक नेताले बताए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस