मुख्य समाचार

गाडी दुर्घटनमा मधेश प्रदेशका स्वास्थ्य मन्त्री सिंह घाइते

Madhesh ff PgnaQPOYCO

एनएमबि न्युज डेक्स,काठमाडौं
माघ–८ मंगलबार ।

दुई सरकारी गाडी ठोक्किएर भएको दुर्घटनमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते हुनुभएको छ ।

गएराति साढे ९ बजेतिर जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह चढेको मधेश प्रदेश ०२–००१ झ ०१६५ नम्बरको गाडी र प्र ०३–००१ झ ००९६ नम्बरको गाडी ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते हुनुभएका मन्त्री सिंहको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

मन्त्री सिंहलाई भेट्न अस्पताल पुग्नुभएका मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले घटनाबारे छानबिन गर्न धनुषाका डीएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको जानकारी दिनुभएको छ ।

अर्को गाडी खानेपानी डिभिजन कार्यालय पर्साको रहेको र चालक घाइते रहेका धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *