समाचार

मोटरसाइकल दुर्घटना हुँदा तनहुँमा आमाछोराको मृत्यु

tanahu bike mom son

एनएमबि न्युज डेक्स,काठमाडौं
माघ–८,मंगलबार ।

तनहुँमा आज एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको छ ।

 

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका १२ बेलभन्ज्याङमा गण्डकी प्रदेश०३-००१ प ०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको हो ।

दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा परेर तनहुँको ऋषिङ गाउँपालिका(६ चालिसे घर भई हाल व्यास नगरपालिका(५ पाटन बस्ने १९ वर्षीय सन्दीप आले र ४० वर्षीया मधुमाया आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी अशोक थापाले जानकारी दिए ।

अत्यधिक बाक्लो हुस्सु लागेको र सोही कारण बाटो नदेख्दा मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *