जीवनशैली

छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण, होहल्ला भएपछि जोगियो ज्यान

chasaa

एनएमबि न्युजडेक्स,काठमाडौं
माघ १३,सोमबार ।

कैलालीको मोहन्याल गाउँपालिका ७ कुइनेमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्।

 

छाउगोठमा सुतिरहेको अवस्थामा ४० वर्षीया सरस्वती विकलाई बाघले आक्रमण गरेको थियो ।

आइतबार राति करिब साढे १० बजेको समयमा बाघले आक्रमण गरेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए ।

उनका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाई छ ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रसिंहले पनि बाघले पन्जा हानेको र होहल्ला भएपछि बाघ भागेको बताएका छन् । घटनास्थलमा प्रहरी पुगिरहेको छ ।

विकलाई उपचारको लागि लम्की ल्याउन ल्याइएको छ । उनको अवस्था भने खतरामुक्त छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस