समाचार

सहिद दिवसको अवसरमा मानव सेवा फाउण्डेसनको सरसफाई कार्यक्रम

bd93da26 a551 4e6f bc25 5f4c2ff7ff7f

एनएमबि न्युज डेक्स,काठमाडौं
माघ १६,बुधबार ।

मानव सेवा फाउण्डेसन नेपालले सहिद दिवसको अवसरमा सरसफाई कार्यक्रम गरेको छ । माघ १६ गते देशव्यापी रुपमा मनाउदै आइरहेको सहिद दिवसको अबसरमा पोखराको फेवाताल ड्याम क्षेत्र र केदारेश्वर मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । ड्यामसाईड टोल बिकास समितीसंग सहकार्य गरेर मानव सेवा फाउण्डेसनले सरसफाई कार्यक्रम गरेको हो ।
मानव सेवा पाउण्डेसनकोको आयोजनामा केही समयपश्चात सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शत (सय) कुण्डिय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ को तयारी स्वरुप पोखरा पुगेको मानव सेवा फाउण्डेसनको टोलिले सहिद दिवसको अवसरमा सरसफाई कार्यक्रम आयोजना गरेको हो ।

सरसफाई कार्यक्रममा सहभागी भएकी ड्यामसाइड टोल बिकास समितीका अध्यक्ष शोभा श्रेष्ठले नियमित लामो समयदेखी सरसफाई गर्दै आएको बताउदै मानव सेवा फाउण्डेसनले सहिद दिवसको अवसरमा गरेको सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै पोखरामा आयोजना हुने कोटिहोममा सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् ।

त्यस्तै यता मानव सेवा फाउण्डेसन नेपालका व्यबस्थापक बिष्णुराज गीरीले सहिद दिवसको अवसरमा सरसफाई गर्न पाउदा खुसी व्यक्त गर्दै ,कोटिहोमको तयारीमा पोखराबासीले निकै उत्साह जगाइदिएको बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस