समाचार

पोखरा उद्योग बाणिज्य संघले बनायो ७१ औ स्थापना दिवस

6d982aa1 3d16 4807 b4ab b88f6b4b2132

एनएमबि न्युज डेक्स,पोखरा
माघ २४,शुक्रबार ।

पोखरा उद्योग बाणिज्य संघले आफ्नो स्थापना दिवु मनाएको छ । संघले शुक्रबार एक कार्यक्रमको साथमा ७१ औ स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा सम्मान कार्यक्रम पनि आयोजना गरिएको थियो । भर्खर मात्र सम्पन्न भएको उद्योग पर्यटन तथा आइटि महोत्सवमा साथ समर्थन र सहयोग गर्ने विभिन्न निकायलाई बाणिज्य संघले सम्मान गरेको हो ।
संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा जिल्ल स्थित अन्य सुरक्षा निकायका प्रतिनिधी ,संघका पूर्व अध्यक्ष लगायतको उपस्थित रहेको थियो ।
कार्यालयमा नेपालको झण्डा अनि बाणिज्य संघको झण्डा फर्फराउदै सुरु भएको कार्यक्रममा स्थापनाको ७१ औं बर्षगाठको अवसरमा केक पनि काटनुको साथै बृक्षारोपण पनि गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस