
२०८१ माघ २८ गते सोमबार
एनएमबि न्युज डेक्स,काठमाडौं
सिम्रन खड्का
मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १० स्थित टौखेल स्वास्थ्य चौकीमा ५ थान अक्सिजन कन्सल्टेटर उपलब्ध गराइएको छ । थाहा १० का स्थानीय युवाहरु बैकुण्ठ थापा ‘आशिष’ र कृष्ण कार्कीको पहलमा अक्सिजन कन्सल्टेटर उपलब्ध गराईएको हो ।‘आशिष’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय ¥याट विभाग प्रमुख हुन भने कार्की नेकपा (माओवादी केन्द्र)का जिल्ला समन्वय समिति मकवानपुर सदस्य हुन् ।अक्सिजन कन्सल्टेटर सोमबार एक कार्यक्रमबीच स्वास्थ्य संस्थामा हस्तान्तरण गरिएको छ । थाहा नगरपालिका वडा नं. १० का वडा सदस्य राजकुमार बस्नेतको उपस्थितिमा थापा र कार्कीले स्वास्थ्यचौकी प्रमुख जोगमान बलामीलाई हस्तान्तरण गरेका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त अक्सिजन कन्सल्टेटरले स्थानीय स्तरमा असिजनको आवश्यक्ता पर्ने बिरामीहरुको उपचारको लागि सहजता भएकोले पहल गरिदिने युवाहरुलाई स्वास्थ्यचौकी प्रमुख जोगमान बलामीले धन्यवाद ब्यक्त गरे ।
स्वास्थ्यचौकीको सेवा बिस्तार र स्थानीय बिरामीहरुको सहजताको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग अक्सिजन कन्सल्टेटरको लागि पहल गरिएको बैकुण्ठ थापा ‘आशिष’ले बताए । अशक्त बिरामीहरुको स्थानीय तहमै उपचारको लागि आवश्यक अक्सिजन उपलब्ध गराउनको लागि अक्सिजन कन्सल्टेटर महत्वपूर्ण भएको र आगामी दिनमा समेत आवश्यक सहयोगको पहल गरिरहने कृष्ण र्काीले बताएका छन । थापा र कार्की सामाजिक कार्यमा सक्रिय युवाहरु हुन् ।
भूकम्प होस् या कोरोनाको कहर वा बाढी पहिरोको प्रकोप जहाँपनि सहयोगमा थापा र कार्कीको समूह राहत र सहयोगमा सक्रिय हुन्छन् ।२०७२ सालको भूकम्पमा परेका पीडितहरूका लागि उनीहरुले दाल, चामल, नुन, तेल, त्रिपाल जस्ता आवश्यक सामग्री वितरण गरेका थिए । त्यसपछि कोरोनाको महामारीका दौराने गाउँमा स्यानिटाइजर, मास्क, र साबुन वितरण गरेर समुदायलाई स्वास्थ्य सुरक्षामा सहयोग पु¥याए । दोस्रो कोरोनाको बेला थाहा युथ इन्भेस्टमेन्ट ग्रुपमार्फत उनीहरुले ४७ दिनसम्म दैनिक ५०० जनालाई निःशुल्क भोजन उपलब्ध गराए । साथै, ३५० भन्दा बढी अक्सिजन सिलिन्डरहरूलाई घरघर पुर्याएर आवश्यक परेकालाई अक्सिजन उपलब्ध गराएका थिए ।
स्थानीय स्वास्थ्य चौकीमा अक्सिजन कन्सल्टेटरको उपलब्ध हुँदा यस क्षेत्रका नागरिकलाई राहत पुगेको स्थानीयले बताए ।
थापा र कार्कीले स्वास्थ्य लगायतका क्षेत्रको विकासमा क्रियाशिल रहने प्रतिबद्धता जनाएका छन् ।