समाचार

मानव सेवा फाउण्डेसन नेपाललाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्धारा मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान

miya1

फागुन २१,बुधवार पोखरा

लामो समयदेखी समाजिक तथा धार्मिक क्षेत्रमा काम गर्दै आएको श्री मानव सेवा फाउण्डेसन नेपाललाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्धारा मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको विधान २०५८ को (आठौं संशोधन २०८१,पोखरा सहित) परिछेद ३ दफा ९ को उपदफा ९.१ (ख) बमोजिम फाउण्डेसनलाई मानार्थ सदस्यता प्रदान गरिएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगीता २०८१ को अवसरमा भरतपुर चितवनमा अध्यक्ष रीता थापाले प्रमाणपत्र हस्तान्तरण गरेकी हुन् ।
फाउण्डेसनले आगामी २०८२ बैशाख १७ गते देखी जेठ २६ गते सम्म पोखराको लेकसाइडमा ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको आयोजना गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस