मुख्य समाचार

अपांगता सम्बन्धी विषयमा सरोकारबालाहरुसँग अन्तरक्रिया सम्पन्नः अपांगता भएका व्यक्तिलाई आत्मसम्मानको बोध गराउनुपर्ने जयसवालको भनाई

WhatsApp Image 2025 03 20 at 14.51.54 1

 

चैत्र ७,बिहिबार ।

खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गरेर दीगो र समतामूलक समाज निर्माणको आधार तयार गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार जनकपुरधाममा आयोजित अपांगता सम्बन्धी विषयमा सरोकारबालाहरुसँग अन्तरक्रिया कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री जयसवालले अपांगता भएका व्यक्तिहरूको आत्मसम्मानको बोध गराएर उनीहरुको अधिकार सुनिश्चित गर्दै जानुपर्नेमा जोड दिए ।
अपांगता भएका व्यक्ति लगायत समाजमा रहेको नराम्रा पक्षलाई न्युनिकरण गर्नका लागि प्रदेश सरकारले एकीकृत ऐन ल्याउने तयारीमा लागेको मन्त्री जयसवालले बताए ।
अपांगता भएका व्यक्ति अझै समाजमा आत्मसम्मान पाउन नसकेको जिकिर गर्दै उनले यसको लागि सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए ।
उनीहरुको आत्मसम्मानको बोध गराएर समृद्ध समाजको परिकल्पणा पूरा गर्न सकिने तर्क उनको थियो ।
युरोपियन युनियन र युनिसेफको सहयोगमा खेलकूद तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री जयसवालले अपांगता भएका व्यक्तिलाई सहानुभूतिसँगै आत्मसम्मानसमेत आवश्यक रहेको बताए ।

सामान्य नागरिक सरह उनीहरुले पनि सम्मान पाउनुपर्छ, उनले भने–सम्मानपूर्वक जीवन जीउने उनीहरुको पनि अधिकार छ । समाजमा अझै यस प्रकारको मानसिकता नदेखिएकोले यसतर्फ संवेदनशील हुन जरुरी रहेको मन्त्री जयसवालले थपे ।
सो अवसरमा महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रुपा यादवले अपांगता भएको व्यक्तिको पीडो महशुस गरेर उनीहरुलाई सम्मानपूर्वक जीउने अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राखिन् । आफ्नो गाउँठाउँको उदाहरण दिदै यादवले सम्मानपूर्वक बाँच्ने अधिकार उनीहरुले पाउनुपर्ने तर्क उनले गरिन् । समाजले पनि उनीहरुलाई आत्मसम्मानको बोध गराउनुपर्ने यादवले थपिन् ।
लाइफ नेपालको समन्वय तथा सहजीकरणमा भएको अन्तक्रिया कार्यक्रममा खेलकूद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव चुडामणि फुयालले अपांगता भएका नागरिकको अधिकार कानुनले नै सुनिश्चित गरिसकेको बताए ।
अपांगता भएका बालबालिकालाई अन्यसरह सामान्य विद्यालयमा नै समावेशी आधारमा शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नुपर्ने शैक्षिक नीति र कानुनी व्यवस्था भए तापनि अधिकांश शैक्षिक संस्थाहरू अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त नरहेको सहभागीहरुले गुनासो गरे ।
सूचना प्रविधिले विश्वभर अपांगता भएका व्यक्तिको शिक्षामा पहुँच बढाए पनि नेपालमा अझै पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण तथा सिकाइ विधि आफूहरुका लागि पहुँचयुक्त र समावेशी हुन नसकेको किरण पासवानले गुनासो पोखे ।
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधारको अभाव छ, उनले भने– रोजगार र जीवनयापनतर्फ हेर्ने हो भने आफूहरुका लागि रोजगारको अवसर सीमित छ । रोजगारीको अवसर पाइहाले पनि निजी क्षेत्र र सरकारी सेवामा अपांगतामैत्री कार्यस्थलको अभाव छ ।
सो अवसरमा खेलकूद तथा समाज कल्याण मन्त्रालयका उपसचिव देवकुमारी खत्री र युनिसेफ नेपालका अपांगता समन्वय अधिकृत जमुना सुवेदीले अपांगता अधिकार र समावेशीताका आधारशिलाहरु विषयक प्रस्तुतिकरण गरेकी थिइन् ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजन नेपाल, लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुर लगायत सरोकारबालाहरुको उपस्थिति रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *