समाचार

अस्पताल डाँडा: ऐतिहासिक पर्यटकीय गन्तव्य बन्ने सम्भावना

481447048 1173288937668128 7755482121362819827 n

२०८१ चैत १० गते आइतबार 
एनएमबि न्युज डेक्स,काठमाडौं

सिम्रन खड्का

थाहा नगरपालिका वडा नम्बर २ र ७ को सिमानामा स्थित अस्पताल डाँडालाई ऐतिहासिक र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

485127456 1357547801950338 4933296031437048444 n शनिवार, पालुङ जेसीजको आयोजनामा भएको यस कार्यक्रमको विषय थियो ‘अस्पताल डाँडा पर्यटकीय सम्भावना, अवसर र चुनौती’। कार्यक्रमको अध्यक्षता पालुङ जेसीज वर्ष २०२५ का अध्यक्ष माधव कार्कीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा थाहा नगरपालिका वडा नं. २ का अध्यक्ष बम बहादुर सिंहतान उपस्थित थिए।

484334218 1311030916646124 2359511273139384177 n

मुख्य अतिथि बम बहादुर सिंहतानले अस्पताल डाँडालाई थाहा नगरपालिकाको नयाँ पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गर्दै यस क्षेत्रको विकासका लागि सहयोग गर्न तयार रहेको बताएका थिए।

कार्यक्रमको क्रममा पालुङ जेसीजका अध्यक्ष माधव कार्कीले अस्पताल डाँडाको ऐतिहासिक र धार्मिक महत्त्वको बारेमा चर्चा गर्दै भने, “किंवदन्तीमा उल्लेख भए अनुसार, रामायणकालमा हनुमानले सञ्जीवनी बुटीको पहाड बोकेर ल्याउँदा यसको केही भाग अस्पताल डाँडामा झरेको र यही कारणले यस स्थानलाई ‘अस्पताल डाँडा’ भन्ने नाम दिइएको हो। यहाँ जडिबुटीहरू पनि प्रचुर मात्रामा पाइन्छ। यदि यहाँ हनुमानको ठूलो मूर्ति निर्माण गरि प्रचारप्रसार गरियो भने यस स्थानलाई ऐतिहासिक र धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिन्छ।”

481970862 987695856665521 7467355855987829357 n

कार्यक्रममा हिमचुली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जितबहादुर तामाङ, वडा सदस्य अर्जुन कार्की, सुनिता विक, नेकपा (माओवादी केन्द्र) वडा नं. २ का अध्यक्ष विक्रम तामाङ, पालुङ जेसीज वर्ष २०२५ का उपाध्यक्ष विकेश बाबु बस्नेत, कार्यक्रम संयोजक सन्जिता बस्नेत, सह कोषाध्यक्ष नविना बिष्ट र नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका महासचिव सैलेन्द्र केसी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

480539489 1415445869908125 91272165853198889 n

थाहा नगरपालिका वडा नं. २ र ७ को सिमानामा रहेको अस्पताल डाँडाबाट पालुङ क्षेत्रका विभिन्न स्थानहरू र थाहा नगरपालिका क्षेत्रका धेरै भूभागहरू देख्न सकिन्छ। यहाँबाट काठमाडौँको धरहरा पनि देख्न सकिन्छ। यस स्थानमा विभिन्न जडिबुटी अध्ययन गर्नको लागि समेत राम्रो अवसर रहेको सहभागीहरूले बताए।

यो कार्यक्रमले अस्पताल डाँडाको पर्यटकीय सम्भावनाबारे सकारात्मक चर्चा गरिरहेको छ र यसलाई ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा थप विकास गर्नका लागि सबैको सहयोग र पहल आवश्यक रहेको उपस्थित सबै जनाले आवाज उठाए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *