खेलकुद

मलेसियामा नेपाली समर्थकहरूले कुलमान घिसिङको बर्खास्तीको विरोधमा गरे प्रदर्शन

486715384 1054281573275498 6378687618707926460 n

२०८१ चैत १४ गते बुधबार 
एनएमबि न्युज डेक्स,काठमाडौं

सिम्रन खड्का

मलेसिया, जोहोर बारू – मलेसियामा आयोजित एएफसी एसियन कप २०२७ को छनोट चरणमा नेपाल मलेसियासँग २-० ले पराजित भएको छ। यो खेल मलेसियाको सुल्तान इब्राहिम रंगशालामा बुधबार भएको थियो, जहाँ मलेसियाले पहिलो हाफमा १-० को अग्रता लियो र दोस्रो हाफमा अर्को गोल थपेर खेललाई आफ्नो पक्षमा राख्यो।

२९ औं मिनेटमा हेक्टर हेभलको गोलले मलेसियालाई अग्रता दिलायो, र ७१ औं मिनेटमा मलेसियाले फ्री किक मार्फत अर्को गोल थप्यो। नेपालले खेलमा तीन खेलाडी परिवर्तन गरे पनि मलेसियाको पकड परिवर्तन भएन। ८५ औं मिनेटमा रेजिन सुब्बाले नेपालको लागि डेब्यु गरे।

समूह एफमा नेपालसँगै मलेसिया, भिएतनाम र लाओस पनि छन्। यस समूहको अर्को खेलमा भिएतनामले लाओसलाई ५-० ले हराएको छ। गत साता नेपालले सिंगापुरसँग मैत्रीपूर्ण खेलमा १-० को जित हासिल गरेको थियो, जहाँ नेपालका लागि गोल जिलेस्पीले गरेका थिए।

तर, खेलको परिणामको सँगै, मलेसियामा उपस्थित नेपाली समर्थकहरूले कुलमान घिसिङको बर्खास्तीको विरोधमा प्रदर्शन गरे। समर्थकहरूले शान्तिपूर्ण रूपमा कुलमान घिसिङको पक्षमा समर्थन जनाउँदै प्रदर्शन गरेका थिए। यो प्रदर्शन नेपाली फुटबलप्रतिको उनीहरूको लगन र समर्पणलाई उजागर गर्दै, एक सकारात्मक र साकारात्मक सन्देश दिएकाे थियो।

486554268 1054281696608819 8710513058118052598 n

समर्थकहरूले यो प्रदर्शन गरेर नेपालको फुटबलका लागि आफ्नो माया र विश्वास जनाएका छन्, जसले आगामी दिनहरूमा नेपाली फुटबलको भविष्यका लागि सकारात्मक प्रभाव पार्न सक्छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *