समाचार

कोटिहोम महायज्ञ प्रति पोखरा महानगरपालिका सकारात्मक छः मेयर आचार्य

dhanraj834

 

चैत्र १५,शुक्रबार पोखरा ।।

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ प्रती आफु र सिङ्गो पोखरा महानगरपालिका परिवार नै सकारात्मक रहेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन् ।
मेयर आचार्यले पोखरामा रहेको पब्लिक पोर के टेलिभिजनको एक कार्यक्रममा बोल्दै कोटिहोम महायज्ञ राम्रोसंग सम्पन्न गनुहोस् शुभकामना छ भनेका छन् । साथमा उनले थपेका छन – “हामीले कोटिहोम महायज्ञ गर्न दिदैनौ भनेर सुरु देखि नै भनेका छैनौं । मात्र स्थानको कुरा थियो । हामीले पोखरालाई पर्यटकिय राजधानी घोषणा गर्दै गर्दा धार्मिक महत्वलाई पनि उत्तिकै महत्वका साथमा हेरेका छौं । कोटिहोम महायज्ञलाई पनि हाम्रो साथ छ । पोखरालाई राम्रो गर्ने कार्यमा हाम्रो सघै साथ रहने छ ।”

पहिले पोखरा महानगरपालिका वार्ड नं. ६ मा कार्यक्रम गर्ने तयार भएतापनि अहिले पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटा स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गा सहित आपपासका स्थानियहरुको जमिनमा सञ्चालन हुने छ ।

कोटिहोम महायज्ञका कार्यक्रमका विविध प्रचारप्रसारका कार्यक्रम यहि चैत्र १७ गते देखि प्रारम्भ हुने छ । त्यस्तै कोटिहोमको कार्यक्रम भने २०८२ बैशाख १७ गते देखि जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *