देश

श्री गण्डकी कोटिहोमको पूर्वसन्ध्यामा मानव सेवा फाउण्डेसनद्धारा बिरौटा क्षेत्रमा वृहत सरसफाई कार्यक्रम सम्पन्न

WhatsApp Image 2025 04 12 at 11.59.44 3cc3e8b0

ऐतिहासिक श्रीगण्डकी कोटिहोम महायज्ञको पूर्वसन्धयामा आज वृहत सरसफाई कार्यक्रम गरिएको छ । आयोजक मानव सेवा फाउण्डेसन नेपालको पहलमा आज पोखरा महानगरपालिका वार्ड नं. १७ को बिरौटा क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको हो ।
वृहत सरसफाई कार्यक्रममा मानव सेवा फाउण्डेसन, मूल आयोजक समारोह समिति, स्थानीय टोल विकास संस्था, युवा क्लब, आमा समूह, स्थानीय व्यक्तित्व, सम्पूर्ण १७ नंं. वडाबासी लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सम्पूर्ण राष्ट्र सेवक कर्मचारीज्यूहरुको सहभागिता रहेको थियो ।

महायज्ञ स्थल संगै वरपरका सम्पूर्ण क्षेत्र सरसफाई गरिएको थियो । श्री गण्डकी कोटिहोम महायज्ञ आगामी बैशाख १७ गतेबाट सुरु भएतापनि अहिले पूर्वसन्ध्यामा विविध कार्यक्रमहरु पनि सञ्चालन भैरहेका छन् । यसैविच चैत्र २९ गतेबाट बाल बिदुषी अनुराधा पाण्डेयले कथा प्रवचन पनि प्रारम्भ गरेकी छिन् । उनले आगामी बैशाख ५ गते सम्म कथा प्रवचन गर्ने छिन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *