समाचार

श्री गण्डकी कोटिहोम महायज्ञमा अनुराधा पाण्डेयको कथा श्रवण गर्ने भक्तजनहरु बाक्लो उपस्थिती

WhatsApp Image 2025 04 13 at 15.58.28 bf093136

पोखरा महानगरपालिका वार्ड नं. १७ विरौटामा सञ्चालन भएको ऐतिहासिक श्री गण्डकी गायत्री कोटिहामे विराटज्ञान महायज्ञ २०८२ मा भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ ।

महायज्ञको पुर्व सन्ध्यामा आयोजित प्रचारात्मक कार्यक्रम अन्तर्गत बाल विदुषी अनुराधा पाण्डेयज्यू बाट अहिले संगीतमय श्रीमद्भागवत कथा प्रवच भइरहेको छ । बाल विदुषी पाण्डेको मुखारबिन्दबाट कथा श्रवण गर्नका लागि अहिले भक्तजनहरुको उपस्थिती बाक्लो देखिएको छ । कथा प्रारम्भ भएको दोस्रो दिन मै कथा श्रवणका लागि हजारौं भक्तजनहरुको सहभागिता रहेको थियो ।

बाल विदुषी अनुराधा पाण्डेयज्यूले शुक्रबारदेखी कथा प्रवचन गर्न सुरु गरेकी हुन् । उनले आगामी बैशाख ५ गतेसम्म कथा प्रवचन गर्ने आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाले जानकारी दिएको छ ।
अहिले कथा प्रवचन लगायतका कार्यक्रमहरु बिरौटाको प्रगतीटोलमा राष्ट्रिय भजन प्रतियोगीताको लागि तयार पारिएको पण्डालमा प्रस्तुत गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *