देश

नेपाल आईपुगिन् देवि प्रतिभा, पोखरामा गरियो स्वागत

WhatsApp Image 2025 04 18 at 09.30.01 f5ff45dc

विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा पुगेकी छिन् ।

विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक बिजय कृष्ण मूर्तीले जानकारी दिए । देवि प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् ।

उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समुह समेत रहेको बताइएको छ । उनले पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा १४ दिनसम्म कथावाचन गर्नेछिन् । त्यस्तै शितकृष्ण महाराज जी पनि यतिबेला पोखरामा छन् ।

हिजो पोखरा पुगेका उनले आज हुने विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभाको कथावाचन समुद्घाटन कायृक्रमभमा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस