समाचार

श्री गण्डकी कोटिहोम महायज्ञबाट बाल विदुषी अनुराधा पाण्डेयलाई गरियो बिदाई

WhatsApp Image 2025 04 18 at 18.52.38 4278754a

गत चैत्र २९ गतेबाट नियमित रुपमा श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी वाल विदुषी सुश्री अनुराधा पाण्डेय ज्यूलाई आज एक कार्यक्रमको आयोजना गरि ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञबाट विदाई गरिएको छ ।

श्री गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित श्रीमद्भाथवत कथा प्रवचनको अवसरमा एक हप्तासम्म संगितमय श्रीमदभागतव कथा प्रवचन गरेकी वालबिदुषी पाण्डेलाई विदाई गरिएको हो । उनको विदाईसंगै भोलिबाट कथा प्रवचनको लागि अन्तराष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभा ज्यूले कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै आचार्य श्री शितल कृष्ण महाराज,प्रख्यात वक्ता अमृत शरण देवाचार्य जी, चर्चित प्रवचन कर्ता सुप्रिया किशोरी जी ला्गायतले पनि विभिन्न विषयमा प्रवचन गर्ने कार्यक्रम पनि रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *