समाचार

नेकपा जुट्नुको विकल्प छैन : मन्त्री आले

prem ale

१७ पुस, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेकपा फुटेर भन्दा जुटेर बलियो हुने बताएका छन् ।

नेकपा डोटीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको नेकपा कार्यकर्ता भेला तथा स्वागत कार्यक्रममा उनले जनताको चाहना  र अपेक्षानुसार नेकपा एक एक जुट भएर अघि बढ्न सक्नुपर्छ भने । उनले भने, “हामीले जन भावनाअनुसार काम गर्नुपर्ने छ, हामी जुट्नुको विकल्प छैन ।”

मन्त्री आलेले सरकारले मिति तोकिसकेकाले एक जुट भएर निर्वाचनमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । “सुदूरपश्चिम प्रदेशका एकैसाथ चार जना मन्त्री भएका छौँ, चारै जना मिलेर यहाँको विकास गर्ने छौँ”, उनले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस