समाचार

ट्रकले ट्याङ्करलाई ठक्कर दिँदा ९ वर्षीया बालिकाको मृत्यु

accident

८ भदौ, राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङगा नगरपालिकास्थित कदमहामा आज बिहान भएको सावरी दुर्घटनामा परी एक बालिकाको ज्यान गएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६९५६ नंको तेल ट्याङ्कर सुरुङ्गा नगरपालिकास्थित दिलीप एण्ड ब्रदर्श पेट्रोलपम्प नजिक रोकिराखेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको ना८ख ३४२२ नको ट्रकले पछाडिबाट ठक्कर दिँदा ट्रक चालक सुनसरी रामधुनि इकराही नपा–४ बस्ने आशाराम चौधरीका नौ वर्षीय छोरी मेनुका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ  ।

सो घटनामा ट्रक चालक ४५ वर्षीय  आशाराम चौधरी, निजकी ४० वर्षीया श्रीमती चन्द्रकाला थारुनी निजका छोरा आशिष चौधरी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान सिरहा पठाइएको छ भने ट्रक र टयाङ्कर प्रहरीको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टयाङ्कर चालक तत्काल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ  ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस