समाचार

जुम्लामा अज्ञात रोगले बाख्रा मरे

dead goat

१६ पुस, जुम्ला । जुम्लामा अज्ञात रोगले बयर जातका बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । महङ्गोमा खरिद गरेर पालिएका बाख्रा मर्न थालेपछि किसान निकै चिन्तित हुन थालेको चन्दननाथ नगरपालिका–३ का स्थानीयवासी भक्तबहादुर कठायतले बताए । उनले भने, “एक हप्तादेखि बाख्रा मर्न थालेको र मेरा मात्र ६ वटा बोका मरिसके, चार वटा बिरामी छन् ।”

विसं २०६४ देखि व्यावसायिक बाख्रापालन गर्दै आएका भक्तबहादुरले झण्डै साढे दुई लाखको क्षति भइसकेको बताए । खरिद गर्दा प्रति बाख्रा झण्डै रु ५० देखि ६० हजार रुपैयाँसम्म मूल्य पर्छ । पशु चिकित्सकले खोरमै पुगेर दुई दुई वटा सुई लगाएर फर्किएपनि रोग नियन्त्रण हुन नसकेको जनाइएको छ ।

बिरामी बाख्राले पातलो दिशा गर्ने, काम्ने, ¥याल निकाल्ने, झोक्रयाउने जस्ता लक्षण देखिएको छ । लक्षण देखिएको केही घण्टामै बाख्रा मर्ने गरेका छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भेटनरी अस्पतालका प्रमुखलाई भनेर पशु प्राविधिकलाई नियमित रुपमा पठाउन निर्देशन दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस