समाचार

दाङको अजम्मरी सामुदायिक बनमा मृतावस्थामा भेटियो चितुवा

leopard

१० माघ, दाङ । दाङको लमहीस्थित अजम्मरी सामुदायिक वनमा मृतावस्थामा चितुवा फेला परेको छ । चितुवा केही दिनअघि नै मरेको हुनसक्ने डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत पुरण चौधरीले आज जानकारी दिए ।

उनका अनुसार दाउरा लिन गएका स्थानीयवासीले देखेपछि वन कार्यालयलाई खबर गरेका थिए । चितुवाको घाँटीमा पासो लागेकोजस्तो निशान फेला परेको छ । जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुनसक्ने  जनाइएको छ ।

चितुवालाई परीक्षण गरी व्यवस्थापन गरिने उनले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस