
२७ चैत, काठमाडौं । सुनसरीको ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत एकजना प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जवान कासिन्दर यादवलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
अख्तियार कार्यालय इटहरीबाट खटिएको टोलीले यादवलाई विराटनगर महानगरपालिका-४ नोबेल मेडिकल कलेजको गेट नजिकबाट उक्त रकमसहित पक्राउ गरेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस