मुख्य समाचार

थप १ हजार ८५७ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

corona test nepal

१२ भदौ, काठमाडौं । नेपालमा थप एक हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार १७६ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार ८५७ जनाको नतिजा पोजिटिभ आएको हो ।

नौ हजार ४०९ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ५१६ र तीन हजार ७६७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३४१ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण २७ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार २२२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख १० हजार ४५२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस