समाचार

सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

269355d8 bedc 484d bba8 6fee184395ac

एनएमबि न्युज डेक्स,काठमाडौँ ।
चैत्र २०,मंगलबार

६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था हेटौडा ११ को आयोजनामा ऋण सदुपयोगिता र भाखा नागेका ऋण असुली सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार संस्थाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा ऋणी सदस्यहरुको सहभागिता रहेको थियो।संस्थाकी अध्यक्ष आशा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठ र ऋण अधिकृत कान्छी श्रेष्ठले सहभागीहरुलाई ऋणको सदुपयोगिता र भाखा नागेका ऋण असुली बारे सहजीकरण गरेका थिए ।सहकारी संस्थाका ३८ जना सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा ऋण उपसमिति संयोजक अञ्जु गुरागाई लगायत संस्थाको संचालक समितिका पदाधिकारी, लेखा समितिका पदाधिकारी र बिभिन्न उपसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको संस्थाकी अध्यक्ष आशा अधिकारीले बताउनुभयो ।“सहकारीमा सुशासन : प्रविधि र एकीकरण” भन्ने नाराका साथ यसबर्ष पनि चैत्र २० गते देशभर विविध कार्यक्रम गरी सहकारी दिवस मनाईने कार्यक्रम रहेको छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस