समाचार

भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु

covid 19 dead

१२ असोज, चितवन । चितवनस्थित भरतपुर अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-७ कृष्णपुरका ५५ वर्षीय पुरुष छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले मृगौला फेल भइ डायलायसिस गरिरहेका उनीमा असोज ४ गते कोरोना पुष्टि भएको थियो ।

खोकी र स्वासप्रवासमा समस्या भइ उनी भरतपुर अस्पतालको आइसोलेसन वार्डमा असोज ७ गते भर्ना भएका थिए । स्वास्थ्य अवस्था थप जटील हुँदै गएपछि असोज ८ गते कोभिड आइसियूमा राखी उपचार गरिएको अस्पतालले जनाएको छ ।

उनको आइसियुमामा उपचार जारी रहेको अवस्थामा सोमबार दिउँसो १ः२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस