समाचार

ट्रिपरको ठक्करबाट एकको मृत्यु

Death Body

१० पुस, काठमाडौं । पूर्वपश्चिम लोकमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ विद्युत् चोकमा ट्रिपरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बुङताङका २५ वर्षीय सुबबहादुर तामाङ रहेका छन् ।

नारायणगढबाट लोथरतर्फ गइरहेको ना६ख २३९८ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आइरहेको बा४१प ८६४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ट्रिपरको ठक्करबाट घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्रिपर प्रहरीको नियन्त्रणमा रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस