मुख्य समाचार

युरोपका चार देशका विदेशमन्त्रीले चीनको भ्रमण गर्ने

jhao lijian

१४ जेठ, बेइजिङ । पोल्याण्ड, सर्बिया, आयरल्यान्ड र हङ्गेरीका विदेशमन्त्रीहरूले चीनको भ्रमण गर्न लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानका अनुसार यही मे २९ देखि ३१ तारिखका बीचमा चार देशका मन्त्रीहरुले चीनको भ्रमण गर्न लागेका हुन् ।

पोल्याण्डका विदेश मन्त्री जिग्निउ राउ, सर्बियाका विदेश मन्त्री निकोला सेलाकोभिच, आयरल्यान्डका विदेश तथा रक्षा मन्त्री सिमोन कोभेनी तथा हङ्गेरीका विदेश तथा व्यापार मन्त्री पिटर जिगार्टो चीनको भ्रमणमा आउन लाग्नुभएको मन्त्रालयको भनाई छ ।

चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यी को निमन्त्रणमा उनीहरु चीन भ्रमण गर्न लाग्नु भएको पनि प्रवक्ता लिजियानले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *