
एनएमबि न्युज डेक्स,काठमाण्डौ
२०८० भदौ ८ गते
निरन्तरको बर्षाको कारण पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना ४ नाग्दीखोलामा माथिबाट पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साँझ पौने सात बजेको समयमा पहिरो खसेको हो ।
अहिले दुबैतर्फ बाटो अवरुद्ध भएको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
बाटो खुलाउन इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली गई सडक विभागसँग समन्वय गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस