
कञ्चनपुर, साउन ८ –
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।
गएराति झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको शुक्लाफाँटा नगरपालिका ७ का वडाध्यक्ष जगतबहादुर सिंहले बताए । उनका अनुसार झ्यालको सिसा फुटाएर पेट्रोल छर्केर आगजनी गरिएको छ ।
आगजनीबाट वडा कार्यालयका कम्प्युटर, सोफा, कार्पेट, कुर्सी, टेबुल र कागज पत्र जलेर नष्ट भएको उनले बताए । वडा कार्यालयमा कसले, किन आगजनी गर्याे भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले बताए ।
प्रतिक्रिया दिनुहोस