
१ चैत, गुल्मी । अवैध भरुवा बन्दुकको गोली हानी एकजनाको हत्या गर्ने युवकलाई प्रहरी पक्राउ गरेको छ ।
गत माघ ३ गते अवैध हतियार प्रयोग गरी रेसुङ्गा नगरपालिका–१४, पराल्मी रातामाटा गाउँका ४७ वर्षीय तुलबहादुर विकको हत्या गर्ने गुल्मीदरवार गाउँपालिका–१ का ३१ वर्षीय पोमबहादुर घर्तीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं एसपी गोपालचन्द्र भट्टराईका अनुसार पक्राउ परेका घर्तीले हत्या गरेको स्वीकार गरेका छन् । ‘सोधपुछका क्रममा निजले आफ्नै बन्दुक प्रहार गरी हत्या गरेको हुँ भनेर बयान दिएको छ, निजले लोकेशन दिएअनुसार उक्त ठाउँमा पुग्दा सो बन्दुक भाँचेर तीन टुक्रा बनाई लुकाएर राखेको अवस्थामा हामीले फेला पार्यौं,’ एसपी भट्टराईले भने ।
प्रतिक्रिया दिनुहोस