कर्णाली प्रदेश

सुर्खेतमा जेठ ३१ सम्म लम्बियो निषेधाज्ञा

surkhet lockdown

२४ जेठ, सुर्खेत । सुर्खेतमा वैशाख १४ गतेदेखि लागू गरिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

कोभिड संक्रमण फैलिने क्रम बढेपछि वैशाख १४ गतेदेखि सुर्खेत जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता ४ पटक निषेधाज्ञा थप गरिएको छ । यसअघि जेठ २५ गतेसम्म निषेधाज्ञा थप गरिएको थियो । अहिले ३१ गतेसम्म थपिएको निषेधाज्ञामा विकास निर्माणका कामहरुमा कडाई नगर्ने निर्णय भएको छ ।

यस्तै, थपिएको निषेधाज्ञामा खाद्यान्न पसलहरु हप्तामा तीन दिन बिहानको समयमा, तरकारी तथा दुधजन्य पसलहरु साताभर बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिइने निर्णय गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस