
२१ वैशाख, काठमाडौं । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सात वटा अध्यादेश जारी भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीबाट एकै दिन सात अध्यादेश जारी भएको राष्ट्रपति कार्यालय शीतल निवासका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा मंगलबार सात अध्यादेश जारी भएका हुन् ।
आज जारी भएका अध्यादेशहरूमा यसअघि विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश रहेको छ । चौँथो नम्बरमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस