मुख्य समाचार

आज यी नदीमा बाढी आउन सक्ने, सतर्कता अपनाउन आग्रह !

flood

१ असार, काठमाडौं । मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मंगलवार सूचना जारी गर्दै आगामी तीन दिन कालीगण्डकी, तिनाउ लगायतका नदीमा पानीको बहाव उल्लेख्य बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज कोसी र यसका सहायक नदीमा बहाव सामान्य रहनेछ । नारायणी, कर्णाली र महाकाली जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव केही बढ्ने र केही स–साना नदीमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने जनाइएको छ ।

आज कन्काई र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कमला, वाग्मतीलगायतमा बहाव बढ्ने तर सतर्कता तहभन्दा तलै हुने जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा जनाइएको छ । यस्तै, पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबईका स–साना नदीजलाधारमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने अनुमान गरिएको छ ।

आज कालीगण्डकी, भेरी र यसका सहायक नदी जलाधारलगायत बारा, पर्सा, रौतहट, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, चितवन, मकवानपुर, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर परासी, पाल्पा. कपिलवस्तु अर्घाखाँचीु गुल्मी, प्युठान, दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने अनुमान गरिएको छ ।

आउँदो तीन दिन कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधारलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भई बहने केही स–साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ । केहीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्ने अनुमान गरिएकोले साना नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Flood notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस