
२५ फागुन, काठमाडौं । सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । ओलीले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद बोलाएका हुन् । सर्वोच्च अदालतको फैसलासँगै ओली नेतृत्वको सरकार एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकारमा रूपान्तरण भएपछि उनले पहिलो पटक बैठक राखेका हुन् ।
बैठकका एजेण्डाबारे भने कुनै जानकारी नभएको बताउँदै भन्दै एक मन्त्रीले सरकारको आगामी रणनीतिबारे छलफल हुन सक्ने बताए । सर्वोच्चको फैसला लगत्तै प्रधानमन्त्री ओलीले आफू पक्षीय संसदीय दलको बैठक डाकेर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस