
४ मंसिर, खलंगा । जुम्लाको पातारासी गाउँपालिकास्थित ल्होर्प–उर्थु सडकखण्डमा आज दिउँसो ३ बजेतिर गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन् । सो गाउँपालिकाको डिल्लीचौर, लासीबाट सदरमुकाम खलंगा बजार आउँदै गरेको जिप दुर्घटना भएको सशस्त्र प्रहरी बल जुम्लाका प्रमुख प्रहरी उपरीक्षक गगन श्रेष्ठले बताए ।
घाइते आठजनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको सशस्त्र प्रहरी बल जुम्लाका प्रहरी उपरीक्षक श्रेष्ठले बताए । प्रतिष्ठानका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।
घाइते सबैको प्रतिष्ठानको आकस्मिक उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस