खेलकुद

नेपाली भलिबल खेलाडीले अबदेखि मासिक पारिश्रमिक पाउने

Nepali Footall 1693918383

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–१९ मंगलबार ।

नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडीले अबदेखि मासिकरूपमा पारिश्रमिक पाउने भएका छन् ।

नेपाल भलिबल संघले मंगलबार पत्रकार सम्मेलनमार्फत नेपाली राष्ट्रिय महिला र पुरुष दुवै टिमले अबदेखि मासिक पारिश्रमिक पाउने जनाएको हो । यसअघि नेपालको भलिबल टिमले कुनै प्रतियोगिता खेलेबापत भत्ता पाउने गरे पनि टिमलाई मासिक तलबको व्यवस्था भने थिएन । अबदेखि भलिबलका महिला–पुरुष दुबै टिमले मासिक पाँच हजार रुपैयाँ पारिश्रमिक पाउने छन् ।

भलिबल संघलाई अमेरिकामा रहेको नेपाली समुदायले खेलाडीहरूलाई मासिक पारिश्रमिक उपलब्ध गराउनका लागि आर्थिक उपलब्ध गराएका हुन् । खेलाडीहरूको पारिश्रमिकका लागि अमेरिकामा रहेका २४ नेपालीहरूको सहयोग गरेको संघले जनाएको छ ।

मंगलबारको कार्यक्रममा संघले खेलाडीहरूलाई तीन महिनाको पारिश्रमिक वितरणसमेत गरेको छ । संघले सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनाको पारिश्रमिक उपलब्ध गराएको हो । संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अबदेखि विदेशमा रहेका नेपाली समूदायबाट सहयोग नआए पनि भलिबल संघ आफैँले पारिश्रमिक दिने व्यवस्थालाई निरन्तरता दिने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस